नेपाली सेनाको मिडियामा काम गर्ने पत्रकारका लागि भर्ना खोल्यो

सेयर गर्नुहोस्

नेपाल समाचार। ०५.०१.२०७९

नेपाली सेनाले आम सञ्चार तथा पत्रकारितामा स्नातक गरेकाहरूका लागि अधिकृत तह प्राविधिक उपसेनानी (समाचार सम्पादक/वाचक) मा ३ जनाका लागि नेपाली सेनाको मिडियामा काम गर्ने पत्रकारका लागि भर्ना खोलेको छ ।

जसमा योग्यता पुगेका इच्छुक उमेदवारले नेपाली सेनाको वेबसाइटमार्फत अनलाइन दरखास्त फाराम भरी त्यसको प्रिन्टसहित स्वयम् उपस्थित भएर दरखास्त दिन सक्ने जनाएको छ । तीन जनामध्ये खुल्लातर्फ २ र आदिवासीतर्फ एक जना पदपूर्ति गर्ने सेनाले जनाएको छ ।

त्यसरी दरखास्त दिन चाहनेका लागि पुरुषको हकमा १८ वर्ष पुरा भई २९ वर्ष ननाघेको र महिलाको हकमा १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ ।

छनौट भएका उमेदवारहरूले नेपाली सेनाको मिडिया (सिपाही पाक्षिक पत्रिका, नेपाली सैनिक रेडियो कार्यक्रम, माटोले माग्दैन आफैले दिनुपर्छ टेलिभिजन कार्यक्रम र अनलाइन) मा कार्य गर्नुपर्ने र कार्यक्षेत्र जंगी अड्डा भद्रकाली रहने सेनाले जनाएको छ ।

इच्छुकलाई गत चैत १४ देखि ७९ बैशाख १४ सम्म र वैशाख १४ गतेदेखि २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने पनि सेनाले जनाएको छ ।

(Visited 24 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *