एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

सेयर गर्नुहोस्

नेपाल समाचार। ०२.०१.२०७९

काठमाडौँ -एएफसी एसियन कप छनोटका लागि आज (शुक्रबार) बाट नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरु गरेको छ । नेपाली टोलीले दशरथ रंगशालामा तयारी थालेको छ । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।

प्रशिक्षणमा डाकिएका खेलाडी :

तेज तामाङ, विकास खवास, दीप कार्की, अनन्त तामाङ, मनिष डाँगी, विमल घर्तीमगर, सुमन लामा,रोहित चन्द, दर्शन गुरुङ, विशाल राई, विशाल श्रेष्ठ, अन्जन विष्ट, देवेन्द्र तामाङ, सुनिल बल, गौतम श्रेष्ठ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, एरिक विष्ट, आयुष घलान, दिनेश राजवंशी, सन्तोष तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी र किरणकुमार लिम्बु ।

(Visited 80 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *