नेपाल समाचार। ३०.१२.२०७८
हतियारधारीहरुले मध्य नाइजेरियाली प्रान्त तारका नगर बन्यूमा गरेको आक्रमणमा परी कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । अधिकारीहरुका अनुसार उक्त हमलामा परेर ती नागरिकको ज्यान गएको हो । यस नगरका दुई फरक फरक समुदायका नागरिकमा अज्ञात हतियारधारीहरुले हमला गरेका थिए । बेन्यू प्रान्तका प्रहरी प्रवक्ताले सो आक्रमणले यहाँका दुई फरक समुदायलाई तारो बनाएको बताएका छन् ।
सोमबार राति भएको आक्रमणमा परेर त्यहाँको स्थानीय गाउँलेको ज्यान गएको प्रहरीले जनाएको छ । उक्त आक्रमणको अनुसन्धान जारी छ प्रहरीले बताए । एकले अर्को जातिका मानिसमाथि यसरी सांघातिक हमला गर्ने र मानिसको ज्यान नै लिने गरेका समाचारहरु सो प्रान्तमा प्रायः आउने बताइएको छ ।
(Visited 11 times, 1 visits today)