‘मिस उर्लाबारी २०२२’ को बिजेता दिया दाहाल

सेयर गर्नुहोस्

नेपाल समाचार। ३०.१२.२०७८

आयोजक सेन्ट्रल फेसन हबद्वारा आयोजित ‘मिस उर्लाबारी २०२२’ को बिजेता मिक्लाजुङकी दिया दाहाल भएकी छिन् । स्थानीय युवतीहरूको प्रतिभा प्रस्फुटन गर्ने अभिप्रायले मिस उर्लाबारी आयोजना गरिएको सेन्ट्रल फेसन हबका अध्यक्ष जीवन चिमरियाले बताए । १७ युवतीहरूको प्रतिस्पर्धा रहेको प्रतियोगितामा दिया दाहाल ले उपाधिसँगै नगद ५० हजार र ट्रफी समेत जितेकी छन् ।

त्यस्तै ज्वाला लिम्बू फस्ट रनर अप र अंकिता कटुवाल सेकेन्ड रनरअप भए । दुबैले क्रमशः नगद ३०, २० हजार प्राप्त गरे । होटल ग्रान्डमा आयोजित ‘मिस उर्लाबारी २०२२’ प्रतियोगिताको कोरियोग्राफी सविना पोदार र निर्णायकमा चलचित्र निर्देशक भीषण राई र स्पिकर सुरेश राई, मिस टुरिजम नेपाल २०२१ आयुषा बस्नेत, मिस लिम्बु २०१७ कि फष्ट रनर अप सन्ध्या तुम्बाहम्फे लगायत रहेका थिए ।

(Visited 26 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *