रौतहटबाट एक प्रधानाध्यापक ३ लाख घूससहित पक्राउ

सेयर गर्नुहोस्

नेपाल समाचार। ३०.१२.२०७८

रौतहटबाट एक प्रधानाध्यापक ३ लाख घूससहित पक्राउ परेका छन् ।

श्री बिश्‍वेश्‍वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहाका प्रधानाध्यापक राकेश कुमार ठाकुर पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घूस माग गरिरहेको भन्‍ने उजुरी निवेदनका आधारमा कुमारलाई परेका गरेको हो ।

यमुनामाई गाउँपालिका वडा नं ४, सरुअठ्ठास्थित चन्द्रनिगाहपुरबाट अख्तियार टोलीले दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *