नेपाल समाचार।२८.१२.२०७८
सोमबार राति भक्तपुरको विस्का जात्रामा रथ तान्ने क्रममा २० जना भन्दा वढी घाइते भएका छन् । जात्राको क्रममा राति झै-झगडा हुँदा घाइते भएका हुन् र साथै पौनो नौ बजेबाट ढुंगामुढासमेत पनि भएको थियो ।
ढुंगामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँंका लगाउनुपर्नेसम्मका घाइते भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार एक जनाको हड्डी नै भाँचिएको छ भने ६ जना टाँंका लगाउनुपर्ने विरामी छन् । जात्राको क्रममा सयौ युवाहरु डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ ।
भक्तपुरको विस्का जात्रा बैशाख ५ गतेसम्म चल्नेछ ।यो क्रममा राति झै-झगडा हुने गर्दछ ।
(Visited 15 times, 1 visits today)