चेन्नईको प्रविधि कम्पनीद्वारा ५ कर्मचारीलाई बीएमडब्लू कार उपहार

सेयर गर्नुहोस्

नेपाल समाचार। २७.१२.२०७८

चेन्नईको प्रविधि कम्पनी किसफ्लो इङ्कले कोरोना महामारीको समयमा अस्तित्वमा आएको संकटबाट माथि उठ्न र विपरीत परिस्थितिमा पनि कमाई गर्न सहयोग गर्ने सिनियर पाँच कर्मचारीलाई गत साता उपहारमा डेढ करोड
रुपैयाँभन्दा बढीको बीएमडब्लू कार दिएको छ । यद्यपि कर्मचारीलाई भने पहिलेदेखि नै उपहारका बारेमा कुनै जानकारी थिएन ।

उनीहरुलाई कार्यक्रमको बारेमा केही घण्टा अघिमात्र जानकारी दिइएको थियो, त्यतिबेला उनीहरुले हाकिमसँग खाना खाने कार्यक्रम हुन सक्छ भन्ने सोचेका थिए । कम्पनीका सीईओ सुरेश सम्बन्दमले कर्मचारीलाई कारको साँचो हस्तान्तरण गरेपछि भने, ‘यी पाँच कर्मचारीले प्रतिकुल परिस्थितिमा पनि मेरो साथ दिएका थिए । उनीहरु बिना किसफ्लो त्यो हुन सक्दैनथ्यो, जुन आज भएको छ र यो प्रशंसाको एक अत्यन्त सानो टोकन हो ।’

उपहार पाउने मध्येमा केही अत्यन्त साधारण पृष्ठभूमिका छन् । बीएमडब्लूू कार उपहारस्वरुप दिइएका पाँच कर्मचारीमा सबै सुरुवात देखिनै कार्यरत रहेको सिईओले बताएका छन् । उपहार पाउने मध्येमा केही अत्यन्त साधारण पृष्ठभूमि भएका र कम्पनीमा आबद्ध हुनुभन्दा पहिले धेरै चुनौतीको सामना गरिसकेका छन् । सम्बन्दमले भने, ‘हामीमाझ मुस्किल समय थियो ।’

नेभी ब्लूू ५ सिरिजका यी कारको मूल्य भारु १ करोड छ । उपहार पाउने कर्मचारीमा चिफ प्रोडक्ट अफिसर दिनेश बरदराजन, प्रोडक्ट मेनेजर कौशिकराम कृष्णसाई, निर्देशक विवेक मदुराई, निर्देशक आदि रामानाथन र उपाध्यक्ष प्रसन्नता राजेन्द्रन छन् ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *