लमजुङ महोत्सव; ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन : कोभिड १९ पछिको व्यवसाय पुनर्स्थापन’

सेयर गर्नुहोस्

नेपाल समाचार। २७.१२.२०७८

‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन : कोभिड १९ पछिको व्यवसाय पुनर्स्थापन’ भन्ने नाराका साथ लमजुङ सदरमुकाम बेँसीसहरमा गण्डकी प्रदेशस्तरीय सातौ लमजुङ महोत्सव आयोजना गरिएको छ । कोरोनाले थला पारेको व्यवसाय ,परम्परागत शिसंस्कृतिको जगेर्ना, पर्यटन, स्वास्थ्यक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण, व्यावसायिक कृषि, परम्परागत कला , तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताउनु भयाे ।

जिल्लामा पशुपालन र जडीबुटीको प्रवर्द्धन गरी निर्यातजन्य उत्पादनका लागि प्रोत्साहन गर्ने, महोत्सवमार्फत साना तथा मझौला उद्योगको स्थापनामा प्रवर्द्धन गराई युवा जनशक्तिमा विदेशीन जानबाट रोक्न, जिल्लामै उद्यमी बनाउन, व्यावसायिक कृषि, स्थानीय उद्योग, हस्तकलाको प्रवर्द्धन गर्ने र व्यापार आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्य लिएको संघले जनाएको छ ।

परम्परागत सीपसँगै प्रविधि प्रवर्द्धन गर्ने, नवप्रतिभालाई प्रोत्साहन र प्रवर्द्धन गर्ने, नेपाल पत्रकार महासंघको निर्माणाधीन भवनलाई सहयोग गर्ने, आदर्श बालगृह, सर्वोदय ज्येष्ठ नागरिक आश्रम, मानवसेवा आश्रमलाई सहयोग गर्ने, कला संस्कार,संस्कृतिको जगेर्ना र जिल्लाको पर्यटकीय गन्तव्य एवं होमस्टेहरूको थप प्रवर्द्धन गर्ने महोत्सवको उद्देश्य रहेको लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाले बताउनु भयाे ।

महोत्सवमा जिल्लाको पहिचान बन्दै गएको अल्लो, अलैंची, चिया, कफी, सुन्तला र मह प्रवर्द्धन गर्न सहयोग गर्ने, होमस्टेलाई महोत्सवमार्फत प्रवर्द्धनात्मक कार्य गर्ने, स्थानीय तथा प्रदेशस्तरका उद्योग, व्यापार, हस्तकलाको प्रवर्द्धन गर्न सहयोग गर्ने, स्थानीय, परम्परागत सीप र प्रविधिको प्रवर्द्धन गर्ने, स्थानीय प्रतिभाहरुको प्रस्फुटन गर्ने, स्थानीय कला, संस्कृति, साहित्य, गीतसंगीतको जगेर्नाका लागि विविध गतिविधि गरिने आयोजकले जनाएको छ । लमजुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णजंग गुरुङले महोत्सवमा कोभिडको प्रभावले सुस्ताएको जिल्लाको पर्यटन व्ययसायलाई पुनर्स्थापन गर्न सहयोग पुग्ने बताए । महोत्सव अवधिभर दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

महोत्सवस्थल प्रवेशका लागि प्रतिदर्शकका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ६० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइनेछ । महोत्सवमा दुई सय वटा स्टल छन् । महोत्सव २५ चैतदेखि ४ वैशाखसम्म सहजीखेल मैदानमा सञ्चालन हुनेछ । सातौं लमजुङ महोत्सवमा प्रवेश टिकटको रकममध्ये १० रुपैयाँ सामाजिक क्षेत्रमा खर्च हुने भएको छ । संघले विगतका वर्ष झै यस वर्ष पनि महोत्सवमा बिक्री भएका टिकटबाट प्रतिटिकट सामाजिक क्षेत्रमा खर्च गर्ने जनाएको हो

(Visited 23 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *