३५ किलो गाँजासहित पाँच जना पक्राउ

सेयर गर्नुहोस्

नेपाल समाचार। २७.१२.२०७८

चितवन-मकवानपुर, इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुवाहक बसलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो ।

चितवनबाट हेटौंडा आउँदै गरेको बा८ख ८१०६ नम्बरको बसको पछाडिको सिटमा सवारले झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

पक्राउ पर्ने चितवनको राप्ती नगरपालिका–१ का १९ वर्षीय सरोज तामाङ, २५ वर्षीय यमराज मुक्तान, २८ वर्षीय होमनाथ मुक्तान, ३४ वर्षीय एबीलाल तामाङ र ११ नम्बर वडाका २५ वर्षीय सूर्यबहादुर स्याङ्बो रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

(Visited 32 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *