वायु प्रदूषणका कारण नेपालमा हरेक वर्ष ३७ हजारको मृत्यु

सेयर गर्नुहोस्

२४.१२.२०७८

पोखरा -आज अप्रिल ७ अन्तरराष्ट्रिय वातावरण दिवसको दिन नेपालमा पनि विभीन्न तरिकाले वातावरण र स्वास्थ्य बीचको अन्तर सम्बन्धमा केन्द्रीत भई कार्यक्रम गरी वातावरण दिवस मनाइएको छ । “स्वच्छ वातावरण, स्वस्थ नेपाली” भन्ने नाराका साथ नेपालमा विश्व स्वास्थ्य दिवस मनाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकुद्वारा आयोजित कार्यक्रममा सहभागीहरुले जलवायु संकटले मानिसहरुको स्वास्थ्य र जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको कार्यक्रमका सहभागीहरुले जनाएका छन् ।

वातावरणीय स्वास्थ्य र मानिसको स्वास्थ्य अलग रहन नसक्ने ज्ञान विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश संभाजीराव पाण्डवले बताएका छन् । वातावरण स्वास्थ्यसम्बन्धी नीतिहरु भएपनि कार्यान्वयनमा प्रभावकारिता नभएको उनले बताए । यस्तै, राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीति लगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गरेको मन्त्रालयको दावी छ । नेपालमा वर्षेनी वायु प्रदूषणले गर्दा ३७ हजार ६८३ जना र सुर्तीजन्य रोगबाट २७ हजार १०० जनाको अकालमै मृत्यु हुने गरेको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ ।

विश्वमा प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखाला रोगबाट ८ लाख २९ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष संसारभर १३ लाख भन्दा बढी मानिसहरुको मृत्यु नियन्त्रण गर्न सकिने वातावरणीय कारण पनि गर्छन् । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश हो ।

(Visited 60 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *