नेपाल समाचार। २४.१२.२०७८
पोखरा-विहिबार स्वास्थ्य बीमा बोर्डलद्वारा आयोजित पत्रकार सम्मेलनमा मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने जानकारी दिएको छ । छैटौँ वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्न लागेको जानकारी गराइएको छ ।
बोर्डका सूचना अधिकारी सोभियत रिजालका अनुसार चैत्र २५ गते सार्वजनिक गरिने यस एप्लिकेसनबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका अन्य विषयमा जानकारीहरुको लिन सकिन्छ भन्ने जानकारी दिए । एचआईबी एप्लिकेसनबाट नवीकरण गर्ने समय भए नभएको समेत थाहा पाइनेछ । एचआईबी नामक मोबाइल एप्लिकेसन स्वास्थ्य बीमा दिवसको अवसरमा सार्वजनिक गरिनेछ ।
(Visited 29 times, 1 visits today)