काठमाडौं युथ कन्क्लेभ चैत २६ गत देखी हुने

सेयर गर्नुहोस्

नेपाल समाचार। २३.१२.२०७८

काठमाडौँ -विभिन्न कलेजहरुले युवाहरुलाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले
चैत २६ गत देखी काठमाडौं युथ कन्क्लेभ (केवाईसी) हुने भएको छ । आयोजक समितिका अनुसार विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र क्षेत्रका करिब पाँच हजार युवाहरु सहभागी हुनेछन् । विशेष गरेर कक्षा ११ र १२ स्नातक तहको विद्यार्थीहरु कार्यक्रममा सहभागी हुने, आयोजक समितिले जनाएको छ ।

विद्यार्थीलाई सही दिशानिर्देश गर्ने, सामाजिक संलग्नतामा उत्प्रेरित गर्ने, परम्परागत शिक्षणविधिमा आवश्यक परिवर्तन ल्याउने, नयाँ उद्यमशीलतालाई प्रवद्र्धन गर्ने तथा सेलिब्रिटी र अन्य सरोकारवालाको ज्ञान र अनुभवलाई युवावर्गसँग जोड्ने प्रमुख उद्देश्यका साथ काठमाडौं युथ कन्क्लेभ (केवाईसी) २०२१ सन्चालन हुन लागेको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्व मिस नेपाल अनुश्का श्रेष्ठ, नबिल बैंकका सीईओ अनिल केशरी, गोल्डस्टारकी कार्यकारी निर्देशक विदुशी राणा, पर्यटन व्यवसायी कर्ण शाक्य, र्‍यापर बालेन शाह लगायतले सहभागी युवाहरुलाई अनुभव सुनाउने आयोजकले जनाएको छ ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *