पोखरामा एक महिलाको कोरोनाका कारण मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर– आज २०७७-०५-०२

पोखरा पोखरामा उपचाररत एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

पोखराको कास्की सेवा हस्पिटलमा उपचाररत तनहुँ की ५० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो ।

सुगर प्रेसरको समस्याले ग्रसित रहेकी उनि साउन ३२ गते हस्पिटलमा भर्ना भएकोमा उपचार कै क्रममा गए राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

परिवारका सदस्यले उनलाई थप उपचारका लागि काठमाण्डौ लैजाने भनेपछि हस्पिटलले कोरोना परीक्षण गर्न सुझाएको थियो । हस्पिटलका अनुसार उनको आइतवार स्वाब संकलन गरी परीक्षणका लागी पठाइएकोमा आज बिहान आएको नतिजामा कोरोना पोजेटिभ देखिएको हो ।

मृतक महिलामा कोरोना पुष्टि भएपछि उनको उपचारमा संग्लग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई होम क्वारेन्टिनमा बस्न भनिएको र कन्ट्याक्ट ट्रेसिंङको कार्य शुरु भएको हस्पिटलले जनाएको छ ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *