पल शाहको म्युजिक भिडियो ट्रेन्डिङको दोस्रो स्थानमा

सेयर गर्नुहोस्

नेपाल समाचार। २२.१२.२०७८

पोखरा-अभिनेता पल शाहको म्युजिक भिडियो अहिले लगातार सार्वजनिक भइरहेको छ । नाबालिग बलात्कारको आरोपमा जेल परेका शाह भने कारागारमा छन् । यस्तैमा उनी अभिनीत गीत ‘दिन्थे मुटु झिकी’ युट्युबमा ट्रेन्डिङ रहेको छ ।

निसान भट्टराई र विष्णु माझीको स्वर रहेको यस गीतले ९ लाख बढी दर्शकको मन जित्दै युट्युब ट्रेन्डिङको दोस्रो स्थान ओगट्न सफल भएको हो । गीतकार, गायक तथा सङ्गीतकार पवन ओलीको हालै सार्वजनिक गरेको गीतको म्युजिक भिडियोमा पल शाहको जोडी र अभिनेत्री एलिजा गौतमको जोडी देख्न सकिन्छ । शिव विकले निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन छ ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *