नेपाल समाचार। २१.१२.२०७८
पशुपति धर्मशाला भवन खाली गर्न सोमबार सार्वजनिक सूचना निकालेको छ । सम्झौता अनुसार काम नभएको भन्दै होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला खाली गर्न सार्वजनिक सूचना निकालेको हो ।
सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन । सार्वजनिक सूचना निकालेर कोषले धर्मशालामा रहेका सरसरमान हटाउन भनेको छ ।
(Visited 7 times, 1 visits today)