ताप्लेजुङमा चट्याङ लागेर एक युवकको मृत्यु

सेयर गर्नुहोस्

नेपाल समाचार। २०.१२.२०७८

शनिबार बेलुका करिब साढे ८ बजेतिर ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

चट्याङ लागेपछि उनलाई तेल्लोक प्राथमिक उपचार केन्द्रमा पुर्याइएको र त्यहाँका स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार चट्याङ लाग्दा स्थानीय २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो । उनी पालिकास्तरीय भलिबल खेलाडी पनि हुन् ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *