नेपाल समाचार। २०.१२.२०७८
तीन दिने भ्रमणका लागि गत शुक्रबार भारतको राजधानी नयाँदिल्ली गएका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारस पुगेका छन् । एयर इण्डियाको जहाजमार्फत् बनारस पुगेका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे ।
बनारसमा मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै नेपाली धर्मशालामा जाने र त्यहाँका मन्दिरहरु दर्शन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा आजै बनारसबाट नयाँदिल्ली फर्किने र अपराह्न काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । उनी भारतीय समयअनुसार अपराह्न सवा चार बजे नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्नेछन् ।
(Visited 10 times, 1 visits today)