नेपाल समाचार। १८.१२.२०७८
बुधबार नेपाल आयल निगमले आईओसीलाई मार्च महिनाको इन्धन खरिद बापतको दोस्रो किस्ता भारतीय आयल कर्पोरेसन (आईओसी) लाई १२ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिएको निगमका निमित्त नायब कार्यकारी एवं अर्थ र प्रशासन प्रमुख नागेन्द्र साहले जानकारी दिएका छन् ।
गत ८ मार्चमा निगमले इन्धन खरिद बापतको पहिलो किस्ता १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको थियो । यस पटकको भुक्तानीका लागि निगमको नियमित बिक्रीबाटै रकम पुगेको साहले बताए । ‘गत ८ मार्चमा भुक्तानीका लागि नियमित बिक्रीबाट नपुगेर मूल्य स्थिरीकरण कोषबाट ४ अर्ब २५ करोड चलाएका थियौं, यस पटक परेन’ साहले भने । निगम अझै मासिक १० अर्ब घाटामा रहेको भन्दै उनले अब ८ अप्रिलको भुक्तानीमा निगमलाई थप दबाब हुने उनले बताए ।
(Visited 7 times, 1 visits today)