नेपाल समाचार। १६.१२.२०७८
नेपाली अभिनेत्रीयद्वय माला लिम्बू र मुना गौचनले आगामी जेठ १४ गते हुने बलिउड अभिनेता सलमान खानको सांगीतिक कार्यक्रममा प्रस्तुति दिने भएका छन् । “माला र मुनाले स्टेजमा नृत्य प्रस्तुत गर्ने भएका छन् । ‘उहाँहरुसँग मौखिक सहमति भएको छ,’ आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङ ले बताए, ‘अन्य कलाकारको टुंगो लाग्न बाँकी छ ।’ ।
मालाले यसअघि पनि सलमानको कार्यक्रममा प्रस्तुति दिने तय भएको थियो, तर कार्यक्रम स्थगित भयो । ‘यसपटक पनि स्टेजमा पर्फम गर्ने कन्फर्म छ, साइन हुन बाँकी छ,’ मालाले भनिन् । मुम्बईमा रहेर मोडलिङ गर्दै आइरहेकी नेपाली अभिनेत्री मुनाले समेत सलमानको कन्सर्टमा प्रस्तुति दिने भएकी छन् । नेपाली फिल्म ‘जालो’बाट अभिनयमा डेब्यु गरेकी मुना कन्सर्टकै लागि मुम्बईदेखि नेपाल आउने तयारीमा छिन् ।
(Visited 12 times, 1 visits today)