केजीएफ-२ को ट्रेलर ट्रेन्डिङ ‘वान’ मा

सेयर गर्नुहोस्

नेपाल समाचार। १५.१२.२०७८

दक्षिण भारतको बहुचर्चित फिल्म केजीएफ–२ को ट्रेलर रिलीज भएको छ । यो फिल्मको पहिलो च्याप्टरले सर्वाधिक कमाई गर्न सफल भएको थियो । पहिलो च्याप्टर रिलीज भएपछि दोस्रो च्याप्टरको पर्खाइमा रहेका करोडौं दर्शकले ट्रेलरलाई अत्यधिक मन पराएका छन् । ट्रेलरले एक दिनमा नै रेकर्ड बनाइसकेको छ । यसको ट्रेलर रिलीज भएको २४ घण्टा ५६ मिलियन भ्यूज बटुलेर ट्रेन्डिङ वानमा पर्न सफल भएको छ ।

हालसम्म कुनै पनि भारतीय चलचित्रले पहिलो २४ घण्टामा यति भ्यूज पाएको थिएन । ट्रेलरमा सञ्जय दत्ता, रवीना टंडनले दर्शकको ध्यान खिचेका छन् । पहिलो च्याप्टरमा साउथका चर्चित अभिनेता यशको मुख्य भूमिका रहेको थियो । हिन्दी भर्जनमा ५४ मिलियिन भ्यूज भएको छ भने तलुगु, कन्नड, तमिल र मलियालममा पनि उत्तिकै मात्रामा भ्यूज देखिएको छ । यो फिल्ःम अप्रिल १४ मा रिलीज हुँदैछ ।

(Visited 23 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *