‘वरवधु’ मा हिमेश कमेडी च्याम्पियन विजेता पन्तको अभिनय

सेयर गर्नुहोस्

नेपाल समाचार। १५.१२.२०७८

पोखरा- मिलन चाम्सले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘वरवधु’ मा कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्तको अभिनय देखिने भएका छन् । पन्तले ‘वरवधु फिल्म मार्फत अभिनयमा डेब्यु गर्न लागेका हुन् । निर्देशक चाम्सले हालै सामाजिक संजाल मार्फत हिमेशसँग फिल्म अभिनयको बिषयमा सम्झौता भएको जानकारी दिएका छन् ।

बैशाखको पहिलो साताबाट छायांकन सुरु हुने फिल्म रोमानिया र टर्कीमा छायांकन हुनेछ ।हिमेश फिल्ममा गैरआवासीय नेपाली (एनआरएन)को भूमिकामा देखिने बताइएको छ ।
एलआर इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा हिमेशको अलवा बुद्धि तामाङ, किरण केसी, विजय लामा ,विवेक कर्माचार्य आँचल शर्मा लगायतको अभिनय रहने छ ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *