मृत्युदर मध्ये झण्डै चार प्रतिशत मधुमेहका बिरामी ; कैलाश प्रधान

सेयर गर्नुहोस्

नेपाल समाचार। १५.१२.२०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरोध खतिवडाले राजधानीका आयोजित एक कार्यक्रमा मधुमेहका बिरामी उपचारको दायरामा नपुगेको बताएका छन् । सरकारले मधुमेहका सबै बिरामीलाई उपचारको दायरामा ल्याउन छिट्टै योजना बताउने बताए । नेपाल लगायतका अल्पविकसित देशमा मधुमेहका बिरामी जनचेतनाको अभावका कारण स्वास्थ्य संस्था पुग्न नसकेको उनले सुनाए ।

नेपालमा कुल मृत्युदर मध्ये झण्डै चार प्रतिशत मधुमेहका बिरामी रहेका छन् । कार्यक्रममा बेलायतस्थित संस्था हेल्थ एक्सचेन्ड नेपालका महासचिव डा.सत्यन राजभण्डारीले मधुमेह नेपाल र स्वास्थ्यकर्मी र बिरामीका लागि मधुमेहसम्बन्धी सचेतना, सहयोग निरन्तर गर्दै आएको सुनाए । यस्तै, कार्यक्रममा मधुमेहको रोकथाम तथा व्यवस्थापन गर्नका लागि स्वास्थ्य व्यवसायीहरुले नयाँ प्रविधिलाई अनुशरण गर्नुपर्ने मधुमेह नेपालका महासचिव कैलाश प्रधानको भनाइ छ ।

यस्तै, कार्यक्रममा मधुमेह नेपालका अध्यक्ष रोशन कृष्ण न्याछयौंले स्वदेश र विदेशका स्वास्थ्यकर्मीको सहयोग र योगदानका कारण संस्था यहाँसम्म आइपुगेको बताए । सो समारोहमा मन्त्री खतिवडाले बरिष्ठ चिकित्सक प्राध्यापक डा. सजीव ढुंगेललाई लाइफटाइम एचिभमेन्ट अर्वाड प्रदान गरेका छन् ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *