मानिसको रगतमा देखियो माइक्रोप्लास्टिक

सेयर गर्नुहोस्

नेपाल समाचार। १५.१२.२०७८

केही समय पहिले समुद्री जीवहरुको माइक्रो प्लास्टिकका कारण मृत्यु भएपछि विश्वभरी प्लास्टिक बन्द गर्ने र यसको प्रयोग रोक्न फरक–फरक अभियान चलाइँदै आएको छ । नेदरल्यान्डका वैज्ञानिकले आफ्नो अनुसन्धानमा मानिसको रगतमा पनि प्लास्टिकको टुक्रा खोजेर निकालेका छन् । जसमा १७ जनाको रगतमा प्लास्टिकको अंश पाइएको थियो । यी टुक्रा देख्नमा अत्यन्त सानो वा माइक्रो प्लास्टिक हो । यसलाई अत्यन्त चिन्ताजनक भएको बताइएको छ ।

के हो माइक्रोप्लास्टिक ?
माइक्रो प्लास्टिक ५ मिलीमिटर वा योभन्दा पनि कम आकारको सानो प्लास्टिकको टुक्रा हुन्छ । यो यति सानो हुन्छ, म्याग्नीफाइ ग्लासबिना यसलाई देख्न मुश्किल हुन्छ । वैज्ञानिकहरु अझैपनि यी साना अंशको प्रभाव कम गर्ने कोसिस गरिरहेका छन् । यो पानी, खानाको सामान र जमिनको सतह जस्ता स्थानमा रहन्छ । यसैको माध्यमबाट यो शरीरमा पुग्छ ।

रगतमा पाइएका ५ किसिमका माइक्रोप्लास्टिक
अनुसन्धानको अवधिमा वैज्ञानिकलाई मानिसको रगतमा ५ किसिमको प्लास्टिक प्राप्त भएको थियो । यसमा मुख्य रुपमा पोलिमेथाइल मेथेक्रिलेट, पोलिप्रोपाइलिन, पोलिस्टाइनिस, पोलिथाइलिन र पोलिथाइलिन टेरेफ्थेलेट समावेश छन् ।

शरीरमा गइरहेको छ बोतल, फुड प्याकेजका प्लास्टिक
यसका अतिरिक्त २३ प्रतिशत मानिसमा पोलिइथाइलिन पाइएको थियो । जुन प्लास्टिक ब्यागमा पाइन्छ । केवल एक व्यक्तिमा पोलिमेथाइल मेथेक्रिलेट पाइएको थियो र कुनै पनि रगतको नमुनामा पोलिप्रोपाइलिन पाइएको थिएन ।

शरीरमा यसरी हुन्छ प्लास्टिको प्रवेश
प्लास्टिक हावाको साथसाथै खानपिनबाट पनि मानिसको शरीरमा प्रवेश गर्न सक्छ । मानिसलाई प्लास्टिकको सानो–सानो अंश खादा, पानी पिउँदा र सास लिदाको समयमा शरीरभित्र प्रवेश गर्छ ।

के भन्छन् विज्ञ ?
नेदरल्यान्डको ब्रिजे युनिभर्सिटी एम्सटर्डमका प्राध्यापक डिक भेथाकले यो अवस्थामा चिन्तित हुनु आवश्यक भएको बताएका छन् । किनकी माइक्रोप्लास्टिकको यो अंश मानिसको पूरै शरीरमा पनि जान सक्छ । यो एक ज्यानै जान सक्ने बिरामीको कारण बन्न सक्छ । अझै पनि यो विषयमा थप अनुसन्धानको आवश्यकता भएको भेथाकले बताएका छन् ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *