राष्ट्रिय वाणिज्य बैंकद्वारा चैत्र ७ गतेदेखि १३ गतेसम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

सेयर गर्नुहोस्

नेपाल समाचार। १५.१२.२०७८

पोखरा – ग्लोबल मनी विक २०२२ लाई सफल बनाउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले देशभरीका सबै शाखा कार्यालय मार्फत चैत्र ७ गतेदेखि १३ गतेसम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो । नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरिका शाखा कार्यालयहरूले विद्यार्थी, युवा, मजदूर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक हप्तासम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्धेश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *