न्यायिक समिति महासंघकाे अध्यक्ष बनिन् पोखराकी उपमेयर मञ्जुदेवी गुरुङ

सेयर गर्नुहोस्

नेपाल समाचार। १५.१२.२०७८

पोखरा – पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनले पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा ११ सदस्यीय न्यायिक समिति राष्ट्रिय समिति महासंघ गठन भएकाे छ ।

समितिमा बिराटनगरकी उपमेयर इन्दिरा कार्की, धरानकी उपमेयर मन्जु भण्डारी, धुलिखेलकी बिमलाकुमारी शर्मा फलेवासकी मञ्जु अधिकारी सदस्य हुनुहुन्छ ।

इन्द्रावती गाउँपालिका उपाध्यक्ष रविन्द्र कुमार खाती, जैमिनी नगरपालिका उपमेयर लिला थापा राना, सबैला नगरपालिका उपमेयर दुर्गा प्रसाद राय, रिव्दीकाेटकी लक्ष्मी खनाल, सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही र कन्चनपुर पुनर्वासकी शारदा शर्मा विष्ट सदस्य चयन हुनुभएकाे छ ।

समितिले न्यायिक समितिका अनुभव साझेदारी गर्ने तथा संविधान र ऐनको प्रभावकारी कार्यान्वयनमा सघाउने बताइएकाे छ । १४ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन समेत सकिएकाे छ ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *