रस अनलाइन खबर-आज २०७७-०५-०१
आजकल अधिकांश मानिसहरू शौचालय जाँदा साथमा मोबाइल लिएर जाने गर्छन् ।
गेम खेल्न, फेसबुक चलाउन, च्याट गर्नलगायतको लागि मानिसहरू शौचालयमा मोबाइल लिएर जाने गर्छन् । तर, चिकित्सकहरूका अनुसार शौचालयमा मोबाइलको प्रयोगले पायल्सको समस्या निम्त्याउन सक्छ ।
यो समस्या स्मार्टफोनको प्रयोगले भन्दापनि मोबाइल चलाएर लामो समयसम्म शौचालयमा बस्नुलाई मानिन्छ ।
मानिसहरू ट्वाइलेटमा मोबाइल चलाउने सुरमा अरु समयमा भन्दा तीन गुणा बढी समयसम्म बस्ने गर्छन् ।
धेरै समयसम्म शौच गर्ने पोजिसनमा बस्दा निकै अ’फ्ठ्यारो हुने र नसाहरू सर्दै तल आउने हुँदा हेमोरोइडको समस्या अर्थात पाइल्स हुने सम्भावना रहन्छ ।
धेरै लामोसमस सम्म शौचालयमा बस्दा वा शौच गर्दा अत्यधिक प्रेसर पर्दा पाइल्स हुने पाइल्स हुने, दिसा बस्दा रगत आउने, पी’डा हुने, सु’न्निने जस्ता लक्षणहरू देखापर्ने सक्छ ।
शौचालयमा मोबाइल लैजानाले इकोली, साल्मोनेला टाइफी, डिफिसाइल जस्ता हा’निकारक ब्या’क्टेरियाहरू टाँसिने हुन्छन् जसले ज्यानै जो’खिममा पार्न सक्ने रोगहरू फैलाउन सक्छन् ।
त्यसैले ट्वाइलेट जाँदा मोबाइल साथमा लानु उपयुक्त हुँदैन । साथै, मोबाइल मात्र नभएर ट्वाइलेटमा पत्र-पत्रिका पढ्ने वा धेरै समय लगाउनु हुँदैन ।