नेपाल–भारत सीमाबाट हात्ती लिएर हिँडेका ३ जना पक्राउ

सेयर गर्नुहोस्

नेपाल समाचार। १३.१२.२०७८

पोखरा -पकहामैनपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमाबाट हात्ती लिएर हिँडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको सौराहाबाट बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती लाई पर्सा प्रहरीले नियन्त्रणमा लिइएको हो ।

बेच्नको लागी हात्तीहरू लैजाँदै गरेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । हात्ती सहित उनिहरुलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइएको एसपी बस्नेतले बताए ।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१८ जितपुर घर भएका ६० वर्षीय बुद्धिराम महतो, ४० वर्षीय राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका–५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *