चीनद्वारा नेपाललाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको साँचो हस्तान्तरण

सेयर गर्नुहोस्

नेपाल समाचार। १३.१२.२०७८

पोखरा – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको साँचो चीनले नेपाललाई हस्तान्तरण गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त विमानस्थलको साँचो परराष्ट्रमन्त्री डा नारायण खड्कालाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री वाङले त्यहींबाट भर्चुअल रुपमा सो विमानस्थलको समापन गरेका थिए । त्यसपछि विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ २२ अर्ब ऋण सहयोगमा निर्माण गरिएको हो । विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको छ ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *