चैत २५ देखि ‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ टुँडिखेलमा

सेयर गर्नुहोस्

नेपाल समाचार। ११.१२.२०७८

पोखरा – ‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ आगामी २५ देखि ३० सम्म टुँडिखेलमा हुने डिएआर मुभिजले बताएको छ । नेपाली कला, संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनका लागि ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्न लागेको हो । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ ।

यसअघि २०७६ सालमा आयोजक संस्था डिएआर मुभिजले राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको आयोजना गरेको थियो । काँठे लोकदोहोरी महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी र्याली गरिएको थियो भने यसपटक प्रतियोगितामा दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिले दाबी गरेको छ । टुँडिखेलमा हुने कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउने छन् ।

विभिन्न सम्मानसहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरूको सहभागिता रहनेछ ।प्रतियोगतामा प्रथम हुनेले नगद पुरस्कार पाँच लाख, दोस्रोले तीन लाख, तेस्रोले दुई लाखसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

कार्यक्रमको अन्तिम दिन डिजे तेञ्जिङको प्रस्तुति रहने छ ।

(Visited 25 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *