रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर गर्नुहोस्

नेपाल समाचार। ११.१२.२०७८

पोखरा – रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ लोबाङमा बिहीबार गएराति साढे २ बजे लु ३ त ९९६० नम्बरको ट्रयाक्टर सडकबाट अन्दाजी ६० मिटर तल खसदा एक जनाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले जानकारी दिए अनुसार बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा उपचारको क्रममा परिचालक सुनिलस्मृति गाउँपालिका–५ काप्राका २० वर्षीय खुमे थापाको मृत्यु भएको हो।

साथै सोही दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका चालक सुनिलस्मृति गाउँपालिका–३ मिझिङका २४ वर्षीय यमराज विष्टको स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भईरहेको छ ।

(Visited 20 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *