नेपाल समाचार। ०६.१२.२०७८
माडी नगरपालिका–७ किर्तनपुर प्रगतिटोल निवासी ७४ वर्षीया सुकमाया रानाभाटको इनारमा डुबेर मृत्यु भएको हो । आज बिहान घरबाट निस्किएकी रानाभाट अबेरसम्म घर नपुगेपछि उनको खोजी भएको थियो, जिल्ला प्रहरी कार्यालयले बताए ।
वृद्धाको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घर नजिकैको इनार बाहिर चप्पल तथा लौरो भेटिएको र वृद्धा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
(Visited 8 times, 1 visits today)