मन्त्रिपरिषदको बैठक आज दिउँसो ४ बजे बस्दै

सेयर गर्नुहोस्

नेपाल समाचार। ०६.१२.२०७८

काठमाडौँ -आज (आइतबार) दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जानकारी दिनुभए अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार बैठक बोलाइएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको तर बैठकका एजेन्डाबारे केही जानकारी नगराएको उहाँले बताउनु भयाे ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल गरेर निर्णय गर्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *