स्थानीय निर्वाचनका लागि कास्कीमा १५ सय म्यादी प्रहरी चाहिने

सेयर गर्नुहोस्

नेपाल समाचार। ०६.१२.२०७८

पोखरा – आइतबार जिल्ला प्रहरी कार्यालयले आगामी स्थानीय तहको निर्वाचनका लागि कास्कीमा खटाउन झन्डै एक हजार पाँच सय म्यादी प्रहरी आवश्यक पर्ने भएकाले भर्ती हुन चाहनेका लागि सूचना जारी गरी आह्वान गरेको छ ।

२०७९ वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा एक सय ५० वटा मतदानस्थल कायम गरिएको छ ।

आवेदन दिनेले आइतबारदेखि ११ चैतसम्म फारम बुझाइसक्नुपर्ने छ । १८ देखि ५४ वर्ष उमेर पुगेकाले आवेदन दिन पाउँछन् । म्यादी प्रहरीमा भर्ना हुन राजनीतिक दलमा सदस्य नरहेको हुनुपर्छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा पास भएका, विभिन्न सुरक्षा निकायमा काम गरि निवृत्तीभरण वा उपदान पाएका पूर्वसुरक्षाकर्मी तथा वन रक्षकहरू र विगतमा म्यादी भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइने प्रहरी कार्यालयले जनाएको छ ।

यही २२ चैतसम्म अन्तिम नतिजा निकाल्ने र प्रशिक्षण दिएर निर्वाचन हुने ठाउँमा खटाइने कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *