जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालदवरा सर्लाहीको सबस्टेसन उद्घाटन

सेयर गर्नुहोस्

नेपाल समाचार। ०१.१२.२०७८

सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको १३२/३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ । सबस्टेसनको उद्घाटन मंगलबार जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरेकी छन् । सबस्टेसन सञ्चालनमा आएसँगै यस क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति भई औद्योगीकरणमा सहयोग पुग्ने मन्त्री भुसालको भनाइ थियो ।

मन्त्री भुसालले नेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी विद्युत खपत बढाउन आग्रह गरिन् । तराई तथा मधेस क्षेत्रमा सिंचाइमा विद्युत खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिँचाइको विद्युत महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले सिंचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ले उपकरणहरु विस्थापित गर्न आग्रह गरिन् ।

‘अहिले हामी वार्षिक २ खर्बभन्दा बढीको खाद्यान्न आयात गरिरहेका छौं, विद्युतको प्रयोग गरी सिंचाइ गरेर उत्पादन वृद्धि गरौं, बाँझो खेत नराखौं, उनले भनिन्, ‘ऊर्जाको प्रयोग गरी उद्योग खोलौं, कृषि गरौं र मुलुकभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लागौं ।’

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *