कोरोनको बढ्दो संक्रमणका कारण चीन लकडाउनमा

सेयर गर्नुहोस्

नेपाल समाचार। ०१.१२.२०७८

कोरोनको बढ्दो संक्रमणका कारण चीनका कम्तीमा १३ सहरमा पूर्णरुपमा लकडाउन गरिएको छ भने अरु धेरै सहरमा आंशिक लकडाउन घोषणा गरिएको छ । मंगलबार मंगलबार बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा करिव ३ करोड जनसंख्या लकडाउनमा छन् । कोभिडको नयाँ संक्रमित मंगलबार मात्र ५ हजार २८० जना भेटिएका थिए । यो सोमबारको तुलानामा दोब्बर संख्या हो ।

मंगलबार चीनको उत्तरपूर्वी प्रान्त जिलिनबाट ३ हजार नयाँ संक्रमित फेला परेको नेसनल हेल्थ कमिसनले जनाएको छ । त्यस्तै ९० लाख जनसंख्या भएको भएको प्रान्तीय राजधानी चाङचुनका वासिन्दालाई घरमै बस्न भनिएको छ । १ करोड ७५ लाख मानिसहरुको बसोबास रहेको दक्षिणी टेक हब सेनजेन तीन दिनदेखि लकडाउनमा छ । धेरै उद्योग बन्द छन भने सुपरमार्केट दराज खाली देखिन्छन् ।

बाँकी विश्वको धेरैजसो ठाँउमा सहज भइरहेका बेला बन्द छिमेकका दृश्य, डरलाग्दो किनमेल र पुलिस घेराले चीन फेरि माहामारीको प्रारम्भिक चरणमा फर्किएको झल्को दिएको छ ।

(Visited 61 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *