आज नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

सेयर गर्नुहोस्

नेपाल समाचार। ०१.१२.२०७८

पोखरा – नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । स्थानीय तह निर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न बैठक अपराह्न ३ बजे बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकमा केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्दि्रत कार्ययोजना बनाउने विषयमा छलफल भएको थियो ।

बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने विषयमा छलफल हुने उनले बताए । उनकाअनुसार स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउन केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठक छिट्टै बोलाउने तयारी गरिएको छ ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *