निर्देशन शोभित बस्नेत नयाँ फिल्म ‘हाम्रो स्वर्ग’ ,जडिबुटी यार्सागुम्बा खोजीको विषयमा

सेयर गर्नुहोस्

नेपाल समाचार। ३०.११.२०७८

पोखरा- कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हिमाली जडिबुटी यार्सागुम्बा खोजीको विषयमा फिल्म ‘हाम्रो स्वर्ग’ बन्ने भएको छ । यस फिल्मको छायांकन चैत अन्तिम सातादेखि सुरु हुने भएको छ । एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने फिल्मको निर्देशन शोभित बस्नेतले गर्ने भएका छन् ।

‘हाइ अल्टिच्युड’मा घण्टौं हिंड्नुपर्ने र खस भाषा बोल्नुपर्ने भएकाले निर्देशक बस्नेतले फिल्ममा स्थानीय कलाकारलाई प्राथमिकता दिइने बताए । कर्णालीका सबै जिल्लामा छायांकन गरिने फिल्मले त्यहाँको भेषभूषा र आञ्चलिकतालाई चित्रण गर्ने निर्देशकले बताए । कलाकारको खोजी अन्तिम चरणमा पुगेको बस्नेतले बताए । निर्देशक बस्नेतले जानकारी दिए अनुसार बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्न स्थानीयले गर्नुपर्ने संघर्ष र जीवनका उतारचढावलाई फिल्ममा चित्रण गरीएको छ ।

‘कर्णालीका सबै जिल्लामा सुटिङ गर्दा त्यहाँको पर्यटन विकास हुने निर्माताहरुको आशा छ,’ शोभितले भने । शान्ता शर्माको लगानी रहने यो फिल्ममा नवदत्त न्यौपानेको संगीत र रामकृष्ण बुड्थापाको कथा रहनेछ भने रामजी राउत मुख्य सहायक निर्देशकको रुपमा हुनेछन् ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *