भिडियो कन्फेरेन्समार्फत् रुस र युक्रेनबीच आज पुन वार्ता हुँदै

सेयर गर्नुहोस्

नेपाल समाचार। ३०.११.२०७८

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार एवं वार्ता टोलीका सदस्य मिखाइलो पोडोलियाक ट्विटर गर्दै रुस र युक्रेनबीच नयाँ चरणको वार्ता गर्ने जानकारी दिएका छन् । दुवै पक्षबीच आज भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने अधिकारीहरूले बताएका हुन् ।

‘मार्च १४ अर्थात् सोमबार वार्तासम्बन्धी सत्र बसेर प्रारम्भिक नतिजाको निष्कर्ष निकालिने छ ’ पोडोलियाले आइतबारको ट्विटमा लेखेका छन् ।

रुसी र युक्रेनी सेनाबीच १९ दिनदेखि लडाइँ जारी छ । उक्त लडाइँ अन्त्य गर्ने प्रयास स्वरुप यसअघि भएका वार्तामा प्रगति भएको दुवै पक्षले दाबी गरेका छन् । सोही दाबीबीच पछिल्लो चरणको वार्ता हुन लागेको हो ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *