१० परिवारको २५ घर जलेर नष्ट, लाखौंको क्षति

सेयर गर्नुहोस्

नेपाल समाचार। २९/११/२०७८

शनिबार मध्यराति सप्तरीको अग्नी साइर गाउँपालिका वडा नम्बर ४ मा १० परिवारको २५ घर जलेर नष्ट हुनुका साथै लाखौं बराबरको क्षति भएको छ। टेंग्रीटोलका भोला मरबैताको गोठमा बालिएको घुरबाट सल्केको आगोले नष्ट भएको हो ।

आगलागीबाट अमरेन्द्र यादवको एक घर, सत्यनारायण यादवको एक घर, श्याम यादवको एक घर, महेश यादवको एक घर, मनोज यादवको दुई घर , फुलदेव यादवको दुई घर, भोला यादवको दुई वटा घर, डम्बर यादवको चार घर र दिनेश यादवको चार वटा घरसहित २५ वटा घर जलेर नष्ट भएको छ।

खाने खाद्यान्न सामग्री, लत्ताकपडा ,रूपैयाँ पैसा जोगाउन नसकेपछि पीडितलाई दुई छाक हात मुख जोर्न समस्या भएको छ। आगोलाई बारूणयन्त्र, स्थानीयबासी र प्रहरीले नियन्त्रणमा लिएका थिए।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *