नेपाल समाचार। २९.११.२०७८
पोखरा – गत साताकाे अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताकाे पहिलाे दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँ कायम भएको छ ।
साथै तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ३०० रुपैयाँ निर्धारण गरिएकाे छ । चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ ।
(Visited 12 times, 1 visits today)