नेपाल समाचार । २६.११.२०७८
पोखरा – अस्ट्रेलियाका दुई राज्य न्यू साउद वेल्स (एनएसडब्लू) र क्वीन्सल्यान्डमा आएको बाढीपछि यी राज्यलाई प्रधानमन्त्री स्कट मोरिसनले आपतकाल घोषणा गर्ने जानकारी दिनुभएको छ ।
यी दुई राज्यमा आएको बाढीले २० जनाको मृत्यु हुनुका साथै पछिल्लो दुई सातामा हजारौं घर डुबानमा परेका छन् ।स्थानीय वासिन्दालाई तदारुकताका साथ सहयोग नगरेको भन्दै केन्द्रीय र राज्य सरकारको आलोचना भइरहेको छ ।
बाढी पीडितको उद्दारका लागि अस्ट्रेलियाको रक्षा फौज परिचालन गरिएका छन् ।
(Visited 3 times, 1 visits today)