गोली हानी मेक्सिको एट्लिक्समा १० जनाको हत्या

सेयर गर्नुहोस्

नेपाल समाचार। २६/११/२०७८

पोखरा – बुधबार मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा १० जनाको गोली हाने ज्यान लिइएको मेक्सिको एट्लिक्सका प्रहरीले जनाएको छ । प्रहरी जानकारी दिए अनुसार सो हत्याकाण्डको अनुसन्धान सुरु भएको छ ।उक्त सहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका छन् ।

मारिएका दस जनालाई नै टाउको, खुट्टा र छातीमा गोली हानिएको सो कार्यालयले जानकारी दिएको छ । पुएबला प्रान्तको न्यायाधिवक्ताको कार्यालयले सो घटनाको अनुसन्धान सुरु भएको र यसमा लागू औषधका कारोबारीहरुको हात रहेको अनुमान गरिएको बताएको छ ।
हत्या गरिएको सो घरको वरपर यसअघि पनि लागू पदार्थको किनबेच गर्ने गरिएको थियो

प्रहरीका अनुसार हत्याकाण्ड पनि लागू पदार्थको किनबेचमा संलग्न समूहहरुको झगडाका कारण हुनसक्ने अनुमान गरिएको छ । मारिएकाहरुको पहिचान हुन सकेको छैन । तीमध्ये कतिपय सोही घरका भए पनि सबैजना भने नभएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *