मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु, एक गम्भीर घाइते

सेयर गर्नुहोस्

नेपाल समाचार। २४/११/२०७८

पोखरा – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा सोमबार राति मोटरसाइकलको ठक्करबाट सुरक्षा जाँचमा खटीएका एक जना प्रहरी हवल्दारको मृत्यु भएको हाे । मृत्यु हुनेमा बर्दिया बाँसगढी नगरपालिका–६ घर भइ अस्थाई प्रहरी बिट राझाँ बाँकेमा कार्यरत प्रहरी हबल्दार ३६ वर्षीय भुपेन्द्र शाही रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको हो ।

त्यस मोटरसाइकल दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । घाइते भएका बर्दियाकै बारबर्दिया नगरपालिका–७ घर भइ अस्थाई प्रहरी बिट राझाँमै कार्यरत प्रहरी जवान ३५ वर्षीय नरेश चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

गएराती ९ बजे ट्राफिक प्रहरी र उनीहरु सहितको टोलीले सवारी साधन चेकजाँच गर्दै गर्दा भे १० प ४७ ५७ नम्बरको मोटरसाइकलले उनीहरुलाई ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *