११२औँ विश्व महिला दिवसको शुभकामना सन्देश

सेयर गर्नुहोस्

नेपाल समाचार। २४/११/२०७८

पोखरा – विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देश दिएका छन् ।

प्रधानमन्त्री देउवाले नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेकाे स्मरण गराएका छन् । संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैंगिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

राष्ट्रपति महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन आह्वान गरेकी छन् ।

उपराष्ट्रपति पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने उल्लेख गरेका छन् । महिला राजनीतिक, सामाजिक तथा आर्थिकरूपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव नहुने उनकाे भनाइ छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *