नेपाल समाचार । २३.११.२०७८
पोखरा – सोमबार आफ्नो इन्स्टाग्राम मार्फत बलिउड महानायक अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएको तस्बिर सार्वजनिक गरेका छन् ।
तस्बिर सार्वजनिक गर्दै उनले लेखका छन्, ‘केटीको केटीको’ । तस्बिरमा उनका दुई हात कम्बरमा राख्दै उनी हर्षित मुद्रामा देखिएका छन् ।
उनको उक्त तस्बिर पोस्टलाई नेपाली शुभचिन्तकहरुले नेपाल र नेपालीप्रति देखाएको सम्मान भन्दै धन्यवाद दिइरहेका छन् ।
(Visited 3 times, 1 visits today)