राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको पहिलो चरण चितवनको भरतपुरमा

सेयर गर्नुहोस्

नेपाल समाचार। २३.११.२०७८

पोखरा – राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेल तालिका (एन्फा) अखिल नेपाल फुटबल संघद्वार सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक लिगको पहिलो खेलमा विजेता एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र आर्मीबीचको खेल १० चैतमा हुनेछ ।

महिला लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबगरि तीन विभागीय टोलीसहित आठ टिमको सहभागिता छ । लिगको पहिलो चरण चितवनको भरतपुरमा हुनेछ भने दोस्रो चरण विराटनगरमा हुनेछ ।

विभागीयबाहेक लिगमा धनगढी उपमहानगरपालिका, विराटनगर महानगरपालिका, ललितपुर महानगरपालिका , चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिकाको सहभागिता रहने छ । गत वर्ष राष्ट्रिय महिला लिगको उपाधि एपिएफ क्लबले जितेको थियो ।

(Visited 22 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *