नेपाल समाचार। २३.११.२०७८
पोखरा – आज साेमबार सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक अनुपम फुडल्याण्डमा बस्ने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनु भयाे। गत शुक्रबारबाट माओवादी केन्द्रीय कमिटी बैठक सुरु भएको थियो । आइतबार दुईपटक सारिएको बैठक आज बस्न लागेको हाे ।
एमसीसीलगायतका समसामयिक विषयमा गत शुक्रबारको बैठकमा छलफल भएको थियो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने ढकालले बताउनु भयाे ।
माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । ढकालका अनुसार बैठकको कार्यसूची कार्ययोजना निर्माण र संगठन हुनेछ । गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।
(Visited 6 times, 1 visits today)