नेपाल समाचार- ४/११/२०७८
काठमाडौं- सातदोबाटो युथ क्लबलाई मछिन्द्र एफसीले १-० ले पराजित गर्दै दुई खेल अगावै शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । त्यसमा अजरवैजानी खेलाडी नुर्लान नोभ्रुजोभले निर्णायक गोल गर्दा मछिन्द्रले बुधबार नै उपाधि पक्का गर्यो ।
मछिन्द्रले यो जितपछि ११ खेलबाट २९ अंक जोडेको छ त्यसै गरि एक खेल कम खेलेको मनाङ २० अंकसहित दोस्रो स्थानमा छ । यसअघि मछिन्द्रले मनाङलाई हराइसकेकोले मछिन्द्र हेड टु हेडमा अघि छ र मनाङले बाँकी तीन खेल जिते पनि मछिन्द्रलाई भेट्ने छैन । दशरथ रंगशालामा भएको खेलको ५३औं मिनेटमा नुर्लानले गोल गरेका थिए ।
(Visited 23 times, 1 visits today)