उपचारका क्रममा डिस्को किङ को निधन

सेयर गर्नुहोस्

नेपाल समाचार। ०४/११/२०७८

पोखरा – मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए, अस्पतालका चिकित्सक दीपक नामजोशीले बताए । उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार मात्रै डिस्चार्ज गरिएको थियो ।

‘डिस्को किङ’ भनेर चिनिने बप्पीका ‘आई एम अ डिस्को डान्सर’, ‘यार विना चैन कहाँ रे’, ‘तम्मा तम्मा दे दे’ लगायतका गीत निकै चर्चित छन् । उनी गत वर्ष कोरोना भाइरसबाट समेत संक्रमित भएका थिए । २७ डिसेम्बर १९५२, पश्चिम बंगालको जलपाइगुडीमा बप्पीको जन्म भएको थियो । बप्पी लहरीको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, राजनीतिक दलका नेता, संगीतकर्मी, चलचित्रकर्मी लगायतले शोक व्यक्त गरेका छन् ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *