केबलकार सञ्चालनमा आएसँगै २५ जनाले रोजगारी पाउने

सेयर गर्नुहोस्

नेपाल समाचार । ०३/१०/२०७८

पोखरा – फेवातालको किनार भागबाट अर्को पर्यटकीय स्थल सराङकोटलाई जोड्ने गरी निर्माण भएको अन्नपूर्ण केबलकार फागुन ६ गतेबाट सञ्चालनमा आउने भएको छ । अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीका अनुसार पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको केबलकार फागुन ६ गते सफ्ट ओपनिङ गरी व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन लागिएको हो ।

निर्देशक त्रिपाठीले भन्नुभयो ‘कोभिड महामारीका कारण सिर्जित विविध समस्याका कारण हामीले पटक पटक घोषणा गरेको सञ्चालन मिति सर्दै आएको भए पनि अब ६ गतेलाई भने फिक्स भएको छ ‘ ‘ फेवा किनारबाट साहसिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय,सूर्यास्तसँगै हिमशृङ्खला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई जोड्ने गरी हामीले निर्माण गरेको केबलकार अव सञ्चालनमा आउने पक्का भएको छ’, ।’ ‘ जेनेरेटर इन्स्टलेसनको काम नसकिएकाले पछिल्लो पटक अंग्रेजी नयाँ वर्षमा शुरु गर्ने भनेको केही समय पछि धकेलियो’, निर्देशक त्रिपाठीले भन्नुभयो,‘ त्यसपछि कोरोनाका कारण प्रशासनले जारी गरेको निर्देशनका कारण समेत सञ्चालन मिति अझै पछाडि सरेको हो, लामो समयदेखि पोखरामा केबलकारलाई कुरेर बस्नुभएका पोखरेली तथा पर्यटक महानुभाव प्रति हामी क्षमा माग्दै अव प्रतीक्षाको घडी सकिएको जानकारी गराउन चाहन्छौ ।’

केबलकारमा यसअघि टिकटको मूल्य नेपाली पर्यटकलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ, एसियनलाई ७ सय र अन्य मुलुकका पर्यटकलाई ८ सय रुपैयाँ निर्धारण गरिएको भए पनि त्यसमा थोरै परिमार्जन गरी सार्वजनिक गरिने निर्देशक त्रिपाठीले बताउनुभयो। केबलकारको दुई हजार ४०० मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिने त्रिपाठीले बताउनुभयो । केबलकारमा ८ जनाको सिट क्षमता रहेका १७ वटा गण्डोला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गण्डोला जडान गरिएको छ । केबलकारमा ३५ वटा यात्रु बोक्ने गण्डोला जडान गर्न सकिने उल्लेख गर्दै निर्देशक त्रिपाठीले पर्यटकको माग र चाप अनुसार गण्डोला थप गर्दै लगिने बताउनुभयो । केबलकार सञ्चालनमा आएसँगै तत्कालका लागि २५ जनाले रोजगारी पाउने भएका छन् ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *